लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ९
सर्लाहीको मलंगवामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित घटनाहरुको वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीको आयोजनामा शुक्रवार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि बुधन साहले २०७८ साल पुस १७ गतेदेखि २०७९ पुस ५ गतेसम्म जिल्लामा भएका मानव अधिकार उलंघन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार ६ महिनामा हत्याको ७, बलात्कारको बालिका र महिलालाई गरि १६, बलात्कारको प्रयास(बालिका)२,आगजनी १,तोडफोड ३,बहुविवाह ५,बोक्सी २,झडप कुटपिट ७,दाइजो प्रथा २ गरि जम्मा ४५ वटा घटनाहरु भएका छन ।
मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथिहरुले इन्सेकको तथ्यांकले सबै तह र तप्कालाई घच्घच्याउने काम गरेको बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह,सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी,सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेल,नेकपा एमाले सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह,मानवअधिकार रक्षक संजाल जिल्ला अध्यक्ष मुकेश मिश्र,नागरिक समाजका उग्र कान्त झा,महिला अधिकारकर्मी देव कुमारी महरा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै पत्रकार हरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: