सर्लाही २२ भादो । वैदेशिक रोजगारीमा पठाई दिने भनदै विभिन्न व्यक्तिबाट रकम उठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हरिवन नगरपालिका बस्ने ४० वर्षीय मिनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको टुडेलाई जनाएको छ । जिल्लाका विभिन्न ठाउका १३ जनालाई विभिन्न देशमा पठाइदिने भन्दै ८७ लाख नगद उठाएको कार्की माथि आरोप लागेको छ । कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी समेत परेको थियो तेसपछि जिल्ला प्रहरीले निजलाई नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेशराज सुवेदीले जनाएको छ । पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्: