काठमाडौं असोज २३, मंगलबार पनि सुनको मूल्य बढेको छ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य शनिबार हमास बिद्रोहीले इजरायलमा आक्रमण गरेपछि खल्बलिएको अन्तर्राष्ट्रिय अर्थतन्त्रका कारण पुनः उकालो लागेको हो ।
मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । योसँगै छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ९ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ४ सय रुपैयाँ पुगेको छ ।
शनिबार प्यालेस्टाइन विद्रोही हमास समूहले इजरायलमा आकम्रण भएयता सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । शुक्रबार एक लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार तोलामा एक हजार रुपैयाँले बढेको थियो भने मंगलबार तोलामा पुनः ३ सय रुपैयाँले मूल्य बढेको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यो सँगै मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३४५ रुपैयाँ तोकिएको थियो । अनलाइन खबर