काठमाडौं कात्तिक २०, विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै श्रीलंकाली सरकारले त्यहाँको क्रिकेट बोर्ड निलम्बन गरेको छ ।
श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका छन् । गत जुनमा नेतृत्वमा आएका शिल्भाको कार्यकाल सन् २०२५ सम्म थियो ।
अन्तरिम कमिटीका प्रमुख रणतुंगा सन् १९९६ मा श्रीलंकालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।
रणतुंगा नेतृत्वको अन्तरिम कमिटीमा सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशहरु एसआई इमाम, रोहिणी मरसिंघे, उच्च अदालतका अवकाश प्राप्त न्यायाधीश इरंगानी परेर, उपाली धर्मदाशा अटर्नी एन ल रकिता राजपक्षे र हिशम जमालदीन छन् ।
गत बिहीबार भएको विश्वकपको खेलमा श्रीलंका भारतसित ५५ रनमा अलआउट हुँदै ३०२ रनले पराजित भएको थियो ।
जारी विश्वकपमाा ७ खेलमा २ खेल मात्र जितेको श्रीलंका पुछारबाट सातौं स्थानमा छ । श्रीलंकाले नेदरल्याण्ड्स र इंग्ल्याण्डलाई हराएको छ । अब उसले इंग्ल्याण्ड र भारतसित खेल्न बाँकी छ । अनलाइन खबर