मोरङ । विराटनगर महानगरपालिका-६ जनप्रिय टोल बस्ने महेन्द्र सिंहको घरमा मंगलबार राति आगलागी भएङ्को छ । आगलागीबाट करिब २७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । काठपात, लत्ताकपडा, भाडावर्तन र अन्नपात लगायतका सामान जलेर उक्त क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको भन्दै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: