Loktantra Khabar National Weekly
Ad

मोरङबाट १० जना फरार प्रतिवादी पक्राउ

लोकतन्त्र खबर
१७ मंसिर २०८०

मोरङ । मोरङबाट प्रहरीले १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन कुमार दाहालले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा सुजन रानामगर, टेक बहादुर श्रेष्ठ, गोपाल मगर, रोविन कुमार घिमिरे, मेख बहादुर तामाङ, जनकराम कामी, नविन पुरी, रुपेश तामाङ, करण मगत र विपन लिम्बु छन् ।

ईलाका प्रहरी कार्यालय उर्लाबारी, केराबारी र ईप्रका विराट चौकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको डिएसपी दाहालले जानकारी दिए । २०८० साउनपछि मोरङ प्रहरीले २०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: