Loktantra Khabar National Weekly
Ad

सर्लाहीको रामनगर गाउपालिकाले १३ हजार बढिलाई दादुरा÷रुबेला खोप लगाउने

लोकतन्त्र खबर
१४ फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही, १३ फागुन । सर्लाहीको रामनगर गाउपालिकाले पालिकाको ७ वटै वडाहरुमा रहेका १३ हजार ४ सय ५७ बालबालिकाहरुलाई दादुरा÷रुबेला खोप लगाउने लक्षय लिएको स्वास्थ्य शाखा प्रमुख संतोष यादवले बताएको छ ।

फागुन महिनाको १६ गते देखि दादुरा÷रुबेला खोप अभियान सुरु हुने यादवले बताए । फागुन १६ गतेबाट रामनगर गाउपालिकामा रहेको ७ वटै वडा बाट दादुरा÷रुबेला खोप अभियान एकै साथ सुरु गरिने रामनगर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख संतोष यादवले जानकारी दिनुभयो ।

दादुरा÷ रूबेला खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई प्रदान गरिने छ । दादुरा÷रुबेला खोप फागुन १६ गते सुरु भई २२ गते सम्म सम्म सम्पन्न गरिने लक्षय रहेको पालिकाले जनाएको छ ।

खोप संचालन गर्नु पुर्व स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वयंसेविका, शिक्षकहरुलाई तालिम प्रदान गरि सकेको रामनगर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले जनाएको छ ।

आईतवार रामनगर गाउपालिका सर्लाहीका गाउपालिका उपाध्यक्ष गीता देवी साहको अध्यक्षतामा दादुरा÷रुबेला खोप अभियान संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरि स्वास्थ शाखा प्रमुख यादवले पालिकाकाको ७ वटै वडामा खोप अभियान संचालन हुने बताउनु भयो ।

बीस २०३४ साल देखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको र सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नवलकिशोर झाले बताउनु भयो ।

वहाले थपदै भने नेपालमा नियमित खोप १५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोप केन्द्र मार्फत खोप लगाउने गरिनछ । अहिले पनि १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित छन भने ४% बालबालिका शुन्य डोजमा रहेको छ ।

हाल सर्लाही जिल्ला भरी ७ सय २० वटा नियमित खोप केन्द्रहरु रहेको निरिक्षक झा को भनाई थियो । दादुरा÷रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा रामनगर गाउपालिकाका वाड नं. ७ का वडाअध्यक्ष गौरीशंकर पंडित, वडा नं. ६ का वडाअध्यक्ष गुदर साह र वडा नं. २ का वडाअध्यक्ष सदानन्द यादव लगायत जनप्रतिनिधि तथा कर्मचारीहरू सहितको अभिमुखिकरण कार्यक्रममा सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: