धनगढी फागुन १५, कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् ।
आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले महाकाली सिचाइँको मूल नहरमा तैरिहेको अवस्थामा बिष्टको शव भेटिए परेको बताए । उनकाअनुसार आइतबार घरबाट निस्किएका बिष्ट सम्पर्कविहीन थिए ।
मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: