अमिसा कायस्थ–
सर्लाही, १५ फागुन । सर्लाहीको मलंगवा नगरपालिकाले आफनो १२ वटै वडाहरुमा रहेका २५ हजार जना बालबालिकाहरुलाई दादुरा÷रुबेला खोप लगाउने लक्षय राखेको जनाएको छ ।
फागुन महिनाको १६ गते देखि दादुरा÷रुबेला खोप अभियान सुरु हुने नगरपालिकाका स्वास्थ शाखा संयोजक सलिम मिकरानीले जनाएको छ । फागुन १६ गते देखि पालिकामा रहेको १२ वटै वडाहरूबाट दादुरा÷रुबेला खोप अभियान एकै साथ सुरु गरिने गाउपालिकाका स्वास्थ्य शाखा संयोजक मिकरानीले जानकारी दिनुभयो ।
दादुरा÷ रूबेला खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई प्रदान गरिने छ । दादुरा÷ रुबेला खोप फागुन १६ गते सुरु भई २२ गते सम्म सम्म सम्पन्न गरिने लक्षय रहेको जनाएको छ ।
खोप संचालन गर्नुपुर्व स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वयंसेविका, शिक्षकहरुलाई समेत तालिम प्रदान गरि सकेको पालिकाले बताएको छ ।
नगरप्रमुख नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा दादुरा÷ रुबेला खोप अभियान संचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरि स्वास्थ शाखा प्रमुख मिकरानीले पालिकाकाको १२ वटै वडामा खोप अभियान संचालन हुने बताउनु भयो ।
बीस २०३४ साल देखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको र सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका खोप प्रशन रामदुलार यादवले बताउनु बताए ।
१५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोप केन्द्र मार्फत खोप लगाउने कार्यक्रम रहेको उनले भने ।
नगरप्रमुख यादवले पालिकाका सबै वडाहरुमा कुनैपनि बालबालिकाहरु नछुटोस भन्ने लक्षयका साथ खोप लगाउने अभियान संचालन गर्न यस अभियानमा खटेका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।