Loktantra Khabar National Weekly
Ad

बेपत्ता युवा खोज्न सेती बाँध खोलिँदै, नदीको बहाव बढ्न सक्ने

लोकतन्त्र खबर
१७ फाल्गुन २०८०

माछा मार्न क्रममा बेपत्ता भएका युवाको खोजीका लागि सेती नदीको बाँध खोलिने भएको छ।

गत फागुन १३ गते साँझ कास्की, पोखरा महानगरपालिका वडा नम्बर १ का सार्की लामा तामाङ (मानबहादुर) माछा मार्न जाने क्रममा बेपत्ता भएका थिए।

उनको खोजीका लागि बिहीबार बिहान ८ बजे सेती नदीको बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा बहाव बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

अहिले बिहान ८ बजे कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दीपस्थित रहको बाँध खोलिने प्रहरीले जनाएको छ।

‘सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्नुपर्ने भएकाले यस समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्न मानिसहरू चनाखो हुन र नदी किनारामा नजानुहुन अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालयको सूचनामा भनिएको छ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा दुई जना बेपत्ता भएका थिए।

त्यसमध्ये एकजनाको शव फेला परिसकेको छ। मृत फेला पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १ का ४० वर्षीय गंगा तामाङ रहेको प्रहरीले बताएको थियो।

सँगै माछा मार्न गएका तीन जनाको भने सकुशल उद्धार भएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: