अमिशा कायस्थ–
सर्लाही १८ फागुन । सर्लाही जिल्लाकै सबैभन्दा जेठो नगरपालिकाको पहिचान बोकेको मलंगवा नगरपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरि आफ्नो ३७ औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवस समापन समारोहमा नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले शुभकामना व्यतm गर्दै मलंगवा बस स्टैण्डलाई चाडो भन्दा चाडो सुचारु गर्न सुझाव दिनु भयो । बस स्टैण्ड सुचारु नहुदा नगरमा सवारी साधन आवागमनमा बेथिती बढेको उनको भनाई थियो ।
राज्यको करोडौ लगानीबाट बनेका मलंगवा बस स्टैण्ड संचालन नहुदा राज्यको लगानी बालुवामा पानी जस्तै भएको चौधरीले बताए । बस स्टैण्ड संचालन नहुदा नगरमा ट्राफिक बढेको छ । अव्यवस्थित सवारी साधन पार्किगले गर्दा नगरपालिका कुरुप बन्दै गएको छ ।
बस स्टैण्ड मलंगवा संचालन गर्नुको अर्को विकल्प नरहेको नागरिक समाजका अगुवा चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्: