एक पुरूषको हत्या आरोपमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय सन्तोष सुवाल पक्राउ गरेका छन्।
भक्तपुरमा एक पुरूषको शव फेला परेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती पुरूषको हत्या आरोपमा सुवाललाई पक्राउ गरेको हो।
फागुन ९ गते राति तेह्रथुम छथर गाउँपालिका वडा नम्बर २ घर भई सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल कोठाबाट तेल किन्न निस्किएका थिए।
तर उनी त्यस कोठा नफर्किएपछि परिवारले प्रहरी वृत्त जगातीमा निवेदन दिएका थिए। खोजी गर्ने क्रममा सूर्यविनायक-८ वडा कार्यालय नजिकै रोशन बस्नेतको गोठको भुइँ तलामा शव फेला परेको थियो।
परालले छोपेको अवस्थामा शव फेला परेको थियो। शवमा चोटपटक देखिएको थियो। प्रहरीले तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान सुरू गरेको थियो। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: