काठमाडौँ। वरिष्ठ पत्रकार बालकुमार नेपाललाई मातृशोक परेको छ । पत्रकार नेपालकी आमा नीलकण्ठ नेपालको गत शनिवार राति निधन भएको हो ।
ब्लड प्रेसर र ब्रेन टयुमरबाट पीडित नेपालको उपचारका क्रममा ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय नेपालका चार छोरा र तीन छोरीहरूमध्ये पत्रकार नेपाल साइला छोरा हुन् । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: