Loktantra Khabar National Weekly
Ad

सहकारी पीडितले आज काठमाडौँमा प्रदर्शन गर्ने

लोकतन्त्र खबर
१ चैत्र २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौँ आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरूको सम्बोधन नभएको भन्दै पीडितहरूले काठमाडौँका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् ।

पीडितहरूले आजको प्रदर्शनका लागि कालीमाटी, गोङ्गबु नयाँ बसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्‍याली निकालेर पाँचै टोली सुनधारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरूले कोणसभा गर्ने कार्यक्रम छ ।

सहकारी पीडितहरूको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ । काठमाडौँ उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: