‘उसको बंगलादेशी डकुमेन्टमा महमद तानवीर हुसेन देखिन्छ तर तानवीर मिया दर्जी नामको नेपाली नागरिकता र राहधानी पनि लिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,’ नेपाली नागरिकता कसरी बनाए भन्ने अनुसन्धान गर्दैछौं ।’
पक्राउ परेकाहरुले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा उनीहरुले एक हजार र एक हजार पाँच सय रुपैयाँ दिदै नागरिकताको फोटोकपी र फोटो संकलन गरिरहेका थिए । पक्राउ परेकाहरुले सलकपुरका ३० जनाभन्दा बढी व्यक्तिको नागरिकताको फोटोकपी र फोटो संकलन गरेको प्रहरीले बताएको छ ।
परोपकारी संस्था डब्लु बी एस सी कम्पनीबाट गरिबलाई सहयोग गर्न आएको भन्दै पैसा वितरण गर्दा उनीहरुले नागरिकताको फोटोकपी र एउटा फोटो मागेका थिए ।एक जनालाई १ हजारदेखि १ हजार ५ रूपैयाँसम्म उपलब्ध गराइएको देखिएको प्रहरीको भनाई छ ।
यसरी संकलन भएको फोटोकपी र फोटो प्रयोग गरेर डिजिटल वालेट खोलेर ठगी गर्नेगरेको देखिएको प्रहरीले बताएको छ ।
‘उनीहरुको एक मात्र उदेश्य डिजिटल वालेटमा खाता खोलेर ठगी गर्ने देखिन्छ,’ प्रहरी प्रवक्ता दाहालले भने,‘ वालेट खोलेर ठगी गर्ने कुरा स्वीकार पनि गरिसकेका छन् ।’ अन्य क्षेत्रमा पनि ठगी गरेको जस्तो देखिएको बताउँदै उनले अनुसन्धान भइरहेको बताए ।
विना मेहनत पैसा पाएपछि सर्वसाधारणले पनि सहज हिसाबले आफ्नो फोटो र नागरिकताको प्रतिलिपी उपलब्ध गराएका थिए ।
प्रहरीले पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल बरामद गरेको छ ।
तानवीरको नागरिकताको विषयमा अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले ठगी उद्योग अन्तर्गतको मुद्दा चलाएको छ । अनलाइन खबर