काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा सद्भाव र्यालीको आयोजना गरेको छ ।
सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गरिएको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत भएको थियो ।
सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गर्नेछन् । राप्रपाले भने चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्दै छ । रातोपाटी
प्रतिक्रिया दिनुहोस्: