खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी नेवारे बस्ने ३१ वर्षीय धनजित राईको छुरा प्रहारबाट शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँ बस्ने २६ वर्षीय विकास राई समेतका ३ जनाले सोही ठाउँस्थित मकै बारीमा धनजितलाई छुरा प्रहार गर्दा मृत्यु भएको हो ।
घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले हाल फरार उनीहरूको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: