Loktantra Khabar National Weekly
Ad

आज कोशी प्रदेशसभाको विशेष अधिवेशन

लोकतन्त्र खबर
६ बैशाख २०८१

विराटनगर । कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्: