काभ्रे । काभ्रेको तेमाल गाउँपालिका-९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका-७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको हो ।
जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: