पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
पोखरा । पोखरा महानगरपालिकालाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले कोइकाले दिने अनुदान स्वीकृत गरेको हो । यो निर्णयसँग अब कोइकाले पोखरालाई ९.८ मिलियन अमेरिकी डलर सहयोग गर्नेछ । यो कार्यक्रम कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोइका बिच सम्झौता भएको थियो ।
पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना गर्न कोइकाले सहयोगको घोषणा गरेको हो । गत भदौमा मेयर धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयङ्ग लीले हस्ताक्षर गरेका थिए । सहयोग कार्यक्रम मार्फत कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमहरूलाई बढवा दिनेछ । यसबाट महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयु उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गरिने महानगरका प्रबक्ता मोति तिमिल्सिनाले बताए । दुवैपक्ष बीच ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्ने र व्यवसाय इन्क्युवेशन सहायता प्रदान गरिनेछ ।
पोखराको फोहोर व्यवस्थापन जटिल बन्दै गैरहेको अवस्थामा कोइकाको सहयोग कोसेढुंगा हुने विश्वास लिइएको छ । ‘फोहरमैला सचेतनासम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजना महत्त्वपूर्ण हुनेछ । ग्रीन भेन्चर जोन स्थापना गर्न तयारी भैसकेको छ,’ मेयर आचार्यले भने, ञयसका लागि उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ ।’
महानगरपालिकाले पोखरा ६ वसुन्धरा पार्कमा ५ हजार ९० वर्गमिटर क्षेत्रफल उपलब्ध गराएको थियो । तर विरोधकम कारण रोकिएको छ । अन्य परियोजनाको स्वामित्व पोखरा महानगरसँगै हुनेछ । फोहोरलाई मोहोरमा रूपान्तरण गर्नकै लागि कार्यक्रम अघि सारिएको आचार्य बताउँछन् । ‘यो परियोजनाले फोहोरबाट मोहोर उत्पादन हुनेछ, युवाहरूलाई रोजगारीमा जोड्नेछ ।’ अहिले पोखराको फोहोर डम्पिङ साइटमा फालिँदै आएको छ । दैनिक कति फोहोर पोखरामा उत्सर्जन हुन्छ भन्ने आधिकारिक तथ्याङ्क महानगरसँग छैन ।
विशेषगरी प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा छ । ञप्लाष्टिकको पुन प्रयोग मार्फत रोजगारीमा जोड्ने हो । घरघरमा रोजगारी सिर्जना हुन्छ,झ प्रवक्ता तिमिल्सिनाले भने, ‘नकुहिने फोहोरको दीर्घकालीन समाधान हुनेछ ।’ अहिले पोखराको लागि प्लाष्टिकजन्य फोहोर बढी चुनौती बनिरहेको छ । कुहिने र नकुहिने फोहोर एकैठाउँमा विसर्जन गर्दै आएको छ । प्लास्टिकबाट कोसेलीका सामान बनाउने र कोसेली घर मार्फत पोखराको चिनोका रूपमा बिक्री गर्ने योजना छ ।
यसअघि पोखराको फोहोर व्यवस्थापन गर्न १४ नम्बर वडाको बाच्छेबुडुवामा ल्याण्डफिल साइट बनाइएको थियो । नजिकै अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि ल्याण्डफिल साइट ३२ नम्बरको लामे आहालमा सारियो । ७ महिनाभित्रै दीर्घकालीन व्यवस्थापन गर्ने भनेको पोखराले २ वर्षसम्म अव्यवस्थित रूपमा सोही ठाउँमा फोहोर फालिएको छ । ३३ नम्बर वडामा व्यवस्थित प्रशोधन केन्द्र बनाउन जग्गा खोजिएको छ ।
यद्यपि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छैन । स्थानीयले चलनचल्तीको मूल्य पाउनुपर्ने माग राखेका छन् । जग्गाको मूल्यभन्दा बढी माग गरिएको जिल्ला प्रशासन कार्यालय बताउँछ । असोजपछि मुआब्जा समितिको बैठक पनि बसेको छैन । केही स्थानीयले चाहिँ भरत पोखरीमा फोहोर फाल्न नदिने अडान लिएका छन् । रातोपाटी संवाददाता
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
१३ वर्षीय बालिकालाई जबरजस्ती करणी, तीन जना पक्राउ
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर:
xxx/०७९-८०
प्रेस काउन्सिल नेपाल
सूचीकरण नम्बर:
xxx/०७९-८०
© २०७९ श्री राष्ट्रिय लोकतन्त्र राष्ट्रिय दैनिकमा सर्वाधिकार सुरक्षित
Site By: Binay Bajagain