उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको फिल्म ‘मनसरा’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ।
फिल्मले पहिलो साता ३ करोड २० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको कार्यकारी निर्माता सिजन दाहालले बताए। उक्त कलेक्सन निर्माण टिमले अपेक्षा गरेजस्तो भने होइन्।
कार्यकारी निर्माता दाहाल पनि फिल्मले अपेक्षाकृत ओपनिङ गर्न नसकेको स्वीकार्छन्। ‘पहिलो दिन अपेक्षा गरेजस्तो व्यापार नभएको हो। शनिबारको अकुपेन्सी राम्रो थियो,’ दाहालले भने, ‘आइतबार र सोमबार अलि डाउन भयो। मंगलबारदेखि फिल्मले पिकअप लिइरहेको छ। वर्ड अफ माउथ राम्रो भएका कारण दर्शकहरू बढिरहनुभएको छ।’
गतवर्ष सबैभन्दा धेरै कमाइ गरेको फिल्म ‘जारी’ का निर्देशक सुब्बाको ‘मनसरा’ दोस्रो फिल्म हो। यसमा दयाहाङ राई, मिरूना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानलगायत कलाकारहरूको अभिनय छ।
फिल्मले सहर नजिकको मिश्रित समाजको कथा प्रस्तुत गर्छ। सेतोपाटी