Loktantra Khabar National Weekly
Ad

त्रिविले समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न सुझाव माग्यो

लोकतन्त्र खबर
१० जेष्ठ २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको समकक्षता र मान्यताका लागि अध्ययन गर्न सुझाव माग गरेको छ । उच्च शिक्षाको समकक्षता र मान्यताका विषयमा अध्ययन गर्न गठित सुझाव समितिले सुझाव माग गरेको हो ।

उच्च शिक्षा उपाधिको मान्यता तथा समकक्षता कार्यविधि २०७८ मा आवश्यक संशोधन गर्नका त्रिविले समिति गठन गरेको थियो । उच्च शिक्षा उपाधिको मान्यता र समकक्षतालाई सरलीकरण गरी सहज बनाई छिटोछरितो कार्य सम्पादन गर्न एवं कार्यविधि २०७८ लाई समयानुकूल संशोधन गर्न समितिले कार्य गर्दै आएको छ । उक्त कार्यविधि अनुसार समकक्षता तथा मान्यता दिँदा विभिन्न खालका समस्या देखिँदै आएका छन् । ती समस्या समाधान र सुधारको लागि खुल्ला रूपमा राय सुझाव लिन समितिले सुझाव माग गरेको हो ।

त्रिविको उक्त कार्यको शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशंसा गरेकी छन् । यो विषयमा त्रिविका पदाधिकारीहरूसँग विभिन्न चरणमा छलफल गरेको उनको भनाइ छ । समकक्षता प्रमाणपत्रबारे विभिन्न खालका गुनासो आउने गरेको भन्दै ती गुनासोहरूको सम्बोधन गर्न मन्त्रीले त्रिविलाई आग्रह गरेकी थिइन् ।

त्रिवि सुधारको यो पहलले आफूलाई उत्साही बनाएको भन्दै मन्त्री श्रेष्ठले सामूहिक प्रयत्नबाटै परिवर्तन सम्भव छ भन्नेमा विश्वस्त रहेको बताइन् ।  रातोपाटी संवाददाता

sujhab

प्रतिक्रिया दिनुहोस्: