Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा भ्रुण हत्या गराउने अवैध क्लिनिकहरुको बिगबिगी ,नियमन निकाय मुक दर्शक

लोकतन्त्र खबर
१६ जेष्ठ २०८१

विद्यानन्द राय—
सर्लाही,जेठ १६

सर्लाहीमा संचालित स्वास्थ्य संस्थाहरुमा अवैध रुपमा गर्भपतन गराउने किल्निकहरुको विगविगी बढेको छ।

जिल्लाका नाम चलेका स्वास्थ संस्थाहरुमा अवैध रुपमा गर्भपतन गराउने कार्य भई रहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

जिल्लाको सदरमुकाम मलंगवासहित नवलपुर , बरहथवा , लालबन्दी , हरिऔन लगायतका ठाउँमा संचालित निजी क्लिनिकहरुमा गर्भपतन गराउने महिलाहरुको दिनहुँ भिडनै लाग्ने गरेको लालबन्दीका एकजना औषधी व्यवसायीले बताएका छन् ।

उनका अनुसार अधिकांश दम्पती छोराको चाहनामा गर्भ परिक्षण गराई छोरीको भ्रुण हत्या गर्ने गरेका छन् ।

स्वास्थ्य तथा कानुनी रुपमा ९ हप्ता सम्मको गर्भपतन गराउन सक्ने भएपनि बढी पैसा कमाउने लोभमा यस्ता निजी क्लिनिकहरु ३ महिना भन्दा बढीको गर्भ तथा विभिन्न कारणले बस्न गएको गर्भ फाल्ने गरेको पाइएको छ।

तीन महिनासम्मको गर्भ फालेमा मात्र १००० रुपैया शुल्क लाग्ने गरेको भएपनि गैरकानुनी रुपमा गर्भपतन गराउँदा वा ४ महिना भन्दा माथिको गर्भ फाल्दा डाक्टरले मागेजतिको रकम तिर्नु पर्ने हुन्छ।

यस्ता क्लिनिकहरुले घटीमा १० हजारदेखि ३० हजार रुपैयाँसम्म लिंदै आएको परिवार नियोजन कार्यालय मलंगवा शाखाले जनाएको छ।

जिल्लामा यस्ता कार्य निर्वाधरुपमा चलिरहेपनि नियमन निकाय भने मुक दर्शक बनेर बसेका छन् ।

जसले गर्दा अवैध गर्भ परिक्षण र भ्रुण हत्या गर्ने क्लिनिकहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको स्थानीय बुद्धिजीवीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्: