Loktantra Khabar National Weekly
Ad

लालबन्दीमा महिनावारी स्वास्थ्य दिवस मनाइयो

लोकतन्त्र खबर
१६ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ १६

महिनावारी स्वास्थ्य दिवस सर्लाहीमा पनि विविध कार्यक्रमहरु गरि मनाइएको छ ।

सो अवसरमा बाल संरक्षण संस्थाले राधा घिमिरेको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा बुधबार लालबन्दीमा “महिनावारीका कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पूरा” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सहभागीहरूले प्रकृतिमा महिनावारी कुरा कुनै नराम्रो नभई, यो जीवनको सुरूवात गर्न नारीलाई सक्षम बनाउने पाटो रहेको बताएका थिए।

यसलाई मर्यादित बनाउन विद्यालयहरूमा किशोरीमैत्री शौचालय अनिवार्य हुनुपर्ने साथै महिनावारी विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए।

महिनावारीसँग सम्बन्धित समस्याहरूलाई निराकरण गर्दै विश्वभरका सबै महिलाहरूलाई आफ्नो महिनावारी सुरक्षित र स्वच्छ बनाउनका लागि सशक्त बनाउने उद्देश्यले यो दिवस मनाउँदै आइरहेको छ ।

कार्यक्रममा लालबन्दी न.पा अन्तर्गत सबै वडाका वडाअध्यक्ष,स्वास्थ्य शाखाका डा.रोशन चौधरी ,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: