Loktantra Khabar National Weekly
Ad

दाङको कोइलाबास–गढवा सडकखण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

लोकतन्त्र खबर
१६ जेष्ठ २०८१

काठमाडौं  जेठ १६, दाङको गढवा–कोइलाबास सडक खण्डको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिइन् । उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।

प्रहरीका अनुसार बस सडक किनारको नालीमा पल्टिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: