Loktantra Khabar National Weekly
Ad

एनआईसी एसिया बैंकको कर्जा छुट योजना सार्वजनिक

लोकतन्त्र खबर
१६ जेष्ठ २०८१

काठमाडौं । एनआईसी एसिया बैंकले कर्जा लिएका आफ्ना ग्राहकलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।

आर्थिक शिथिलताका कारण ऋणीलाई परेको असरलाई सघाउने उद्देश्यले कर्जा छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

२०८० चैत मसान्तसम्म भाखा नाघेका ऋणीहरूको हकमा जेठ २०८१ सम्म सबै कर्जा भुक्तानी गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।

साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । अनलाइन खबर

हेर्नहोस् छुट तालिका :

क्र.सं. भाखा नाघेको समयावधि साधारण ब्याज रकममा छुट (प्रतिशत)
९१ दिनदेखि १८० दिन १५ प्रतिशत
१८१ दिनदेखि ३६५ दिन २५ प्रतिशत
३६५ दिनभन्दा बढी ३५ प्रतिशत

 

प्रतिक्रिया दिनुहोस्: