Loktantra Khabar National Weekly
Ad

सर्लाही प्रहरी द्वारा अवैध मदिरा भट्टी नष्ट

लोकतन्त्र खबर
१७ जेष्ठ २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,जेठ १७

सर्लाही प्रहरीले मलंगवा नगरपालिकाको विभिन्न वडामा अवैध रूपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीहरु नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा प्रहरी कार्यालय भाँडसरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो १२ बजेको समयमा भाँडसरमा संचालित १३ वटा रक्सी भट्टीहरुमा रहेको अन्दाजी ७ हजार लिटर कच्चापदार्थ ,६ वटा रक्सी बनाउने मेसिन तथा ४० वटा ड्रम र वडा न-६,खुटौना स्थित रक्सी भट्टी भित्र रहेको १ वटा चुल्हो समेत गरि अन्दाजी २ लाख २० हजार रुपैयाँ बराबरको सरसामान नष्ट गरेको जिप्रका सर्लाहीका सूचना अधिकारी एवं डिएसपी दिपक श्रेष्ठले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: