Loktantra Khabar National Weekly
Ad

फोर स्टेपको ‘ब्रान्ड एम्बेस्डर’मा सरोज लामिछाने नियुक्त

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

काठमाडौं । कलाकार तथा चित्रकार सरोज लामिछाने फोर स्टेप कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । कन्सल्टेन्सीको वार्षिकोत्सबको अवसरमा सन्चालक समुहले सरोजलाई ‘ब्रान्ड एम्बेस्डर’   नियुक्त गरेको हो ।

आँखामा पट्टि बाँधेर  चित्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाउँदै गरेका तथा बलिउडसम्म आफ्नो पाइला चालिसकेका चित्रकार तथा कलाकार सरोज लामिछानेको काम हेरेर नै कन्सल्टेन्सीले उनलाई आफ्नो प्रचारकको रूपमा चुनेको हो ।

लामिछाने विगत १० वर्ष देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारिता क्षेत्रमा लागेका कलाका साधक हुन् ।  लामिछानेलाई नेपालकै पहिलो कलाकार जो आँखामा पट्टि बानेर ५ मिनेटमा चित्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइरहेको कलाकर्मी भन्ने गरिन्छ ।

उनी बलिउड सिनेमा उचाईमा अनुपम खेर को बढी डबल रोल गरेर चर्चामा आएका थिए ।   लामिछानेले बलिउडसंगै भोजपुरी चलचित्र, हिन्दि वेब सिरिस ,क्राइम पट्रोल, क्राइम फ़ाइल्स ,छोटो चलचित्र , बिज्ञापन तथा केहि सिनेमा ‘के घर के डेरा’, महापुरुष ,दिमाग खराब, उपहारलगायत सिनेममा अभिनय गरेका छन्।

लामिछानेले आईओएम युएन मिसन देखि विभिन्न सस्थामा आबद्ध भएर मानसिक स्वास्थ्य तथा मनो(सामाजिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेका छन् । फोर स्टेप कन्सल्टेन्सीले विगत ७ वर्ष देखि विदेशमा पढ्न चाहने नेपाली बिद्यार्थीहरुलाई विभिन्न विकसित मुलुकहरु अमेरिका, अस्ट्रेलिया, युके, क्यानडा, साउथ कोरिया, न्युजिल्यान्ड, जर्मनी, डेनमार्कका विभिन्न कलेज तथा विश्व विद्यालयमा बिद्यार्थीहरुलाई पढ्नको लागि चाहिने सम्पूर्ण प्रक्रियामा  सहयोग  गर्दै आइरहेको छ ।

लामिछाने राजदूतको हैसियतले  विभिन्न देशमा अध्ययनको लागि जान चाहने र गएका बिद्यार्थीहरुलाई मोटिभेसनल स्पिच सङै मनो–सामाजिक परामर्श दिने काम गर्दै कम्पनीको मार्केटिंगमा आफ्नो कलाको माध्यमबाट सहयोग गर्ने कुरा फोर स्टेपकी अध्यक्ष दिपा लामिछानेले बताएकी छन्  । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: