Loktantra Khabar National Weekly
Ad

दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी, ११ राउन्ड अश्रुग्याँस प्रहार

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

बुटवल । स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घोराहीस्थित मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका छन् । आइतबार आफ्ना माग पूरा नभएको भन्दै मोही पीडित किसानहरूले मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारले पटक–पटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए ।

मालपोत र नापी कार्यालयलाई आन्दोलनकारीहरूले घेरेपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले १० राउन्ड अश्रुग्याँस प्रहार भएको राताेपाटीलाई बताए । अहिले  स्थिति नियन्त्रणमा आइसकेको समेत उनले बताए ।रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: