Loktantra Khabar National Weekly
Ad

स्ट्रेच मार्क निको हुन्छ ?

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

छाला तन्किएर शरीरको विभिन्न भागमा आउने दाग वा सेतो धर्सा आउनुलाई स्ट्रेच मार्क भनिन्छ । विशेषगरी गर्भवती महिलामा पाखुरा, स्तन, तिघ्रा, हिपमा यस्तो सेतो धर्सा आउने गर्छ ।

यस्तै किशोरीहरुमा शरीरको तीव्र वृद्धि विकास हुने भएकाले स्ट्रेच मार्क आउन सक्छ । यस्तै उमेरभन्दा बढी मोटाउँदा, मोटाइसकेपछि एक्कासि दुब्लाउँदा पनि यस्तो समस्या आउँछ । त्यस्तै पुरुषमा हेभी जिम गर्नाले पनि आउनसक्छ ।

कुनकुन ठाउँमा आउँछ ?

विशेषगरी पेट, छाती, पाखुराको पछाडिपट्टि, खुट्टाको पछिल्लो भागमा राता र सेता धर्साहरू अर्थात् स्ट्रेच मार्क देखिन्छ । सरल भाषामा शरीरको जुनसुकै भागमा आवश्यकता भन्दा बढी मासु लागेको ठाउँमा मसल तन्किएर स्ट्रेच मार्क हुन्छ ।

के यो रोग हो ?

स्ट्रेच मार्क रोग होइन, यसले शरीरमा केही पनि हानि गर्दैन । यसले छालालाई बाहिरी रुपमा हेर्दा नराम्रो मात्र देखाउँछ । सुरुमा स्ट्रेच मार्कको रङ रातो हुन्छ । पछि बिस्तारै सेतो, खैरो हुँदै कालो हुने गर्छ ।

स्ट्रेच मार्क निको हुन्छ ?

स्टेच मार्क आइसकेपछि निको हुँदैन । साथै छाला एकचोटि तन्किसकेपछि फेरि पुरानै शैलीमा फर्काउन सकिंदैन ।

उपचार

खासगरी स्ट्रेच मार्कले कुनै किसिमको हानि गर्दैन । तर कहिलेकाहीं स्ट्रेच मार्क आएको ठाउँमा चिलाउने, पोल्ने हुनसक्छ । यसबेला छाला नरम बनाउने मलन र एन्टिइन्फामेन्टरी मलन लगाउने तथा खाने औषधिको प्रयोग गर्न सकिन्छ । नभए घाउ चिलाउर कन्याउँदा घाउ हुने, पाक्ने तथा अन्य छालासम्बन्धी समस्या हुनसक्छ ।

स्ट्रेच मार्कलाई लेजर ट्रिन्टमेन्टबाट पनि कम गर्न सकिन्छ । यो उपचार एक महिनाको अन्तरालमा ६ देखि आठ पटकसम्म गर्नुपर्ने हुन्छ । तर पूर्णरुपमा हटाउने उपचार छैन ।

कति खर्च लाग्छ ?

उपचार खर्च कति लाग्छ भन्ने कुरा शरीरमा स्ट्रेच मार्क कति छ भन्नेमा भर पर्छ ।

रोकथाम

शरीरमा सकेसम्म सुक्खा हुनबाट जोगाउन नियमित मालिस गर्नुपर्छ । छालामा तेल, मोइस्चराइजर, लोसन लगाउँदा छालाको तन्किने क्षमता बढ्छ । बडी मसाजले स्ट्रेच मार्क हुनबाट जोगाउँछ । सुक्खा छालाभन्दा तैलीय छालामा तन्किने क्षमता बढी हुन्छ ।

गर्भावस्थामा स्ट्रेच मार्क आउने सम्भावना बढी हुन्छ । त्यसैले चिकित्सकले त्यसलाई कम गर्न गर्भवती भएको दोस्रो त्रैमासिकदेखि विशेष प्रकारको तेल र मोइस्चराइजिङ क्रिम लगाउन सल्लाह दिन्छन् । छालाको अवस्थाअनुसार दिनको दुई-चार पटक पेट, स्तन, तिघ्रा, पाखुरा, हिपमा मसाज गर्नुपर्छ । यसले धेरै हदसम्म कम गर्छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: