Loktantra Khabar National Weekly
Ad

नेप्सेमा ९.३२ अंकको गिरावट, कारोबार बढेर करिब साढे ६ अर्ब नजिक

लोकतन्त्र खबर
३१ जेष्ठ २०८१

काठमाडौं  जेठ ३१, सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक (०.४३ प्रतिशत) ले गिरावट भएर २११२.२९ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेको छ । साताभर नयाँ सूचीकृत भएर लकइन नखुलेको हाइड्रोपावर र अन्य कम्पनी तथा सेयर सप्लाई न्यून भएको कम्पनीमा कनरिङ गर्दै मूल्य बढाएका लगानीकर्ताले नाफा बुक गर्दा बिहीबार कारोबार रकम बढेर करिब साढे ६ अर्ब पुगेको हो ।

बजारमा कुल ७७ हजार ४०० वटा कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजारको कारोबार भएको छ । जसमध्ये नेपाल फाइनान्सको सर्वाधिक २८ करोड ४७ लाखको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड कम्पनीको २० करोड ५८ लाख, समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२ करोड ९१ लाखको कारोबार भएको छ ।

वित्तीय अवस्था बिग्रिँदै गएको वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण उच्च देखिन्छ । बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.०३ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.३१ प्रतिशतले बढेको छ ।

त्यसबाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक समान १.०३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.४३ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ९३ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये समृद्धि फाइनान्स र कुथेली बखारी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.८२ प्रतिशत र बाराही हाइड्रोपावरको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ ।

मिड सालु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा भगवती हाइड्रोपावरको सेयरमूल्य ८.२७ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ७.७८ प्रतिशतले गिरावट भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: