Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा दर्ता विना नै औषधी (फार्मेसी) पसलहरु संचालन हुदैं

लोकतन्त्र खबर
२ असार २०८१

विद्यानन्द राय-
सर्लाही,जेठ ३२
सर्लाहीका अधिकांश औषधि(फार्मेसी)पसलहरु दर्ता विना नै संचालन भई रहेको पाइएको छ। निजी क्लिनिक ,निजी स्वास्थ्य संस्था , निजी औषधी पसलहरु फार्मेसीमा दर्ता नै नगराई गैर कानुनी ढंगले संचालन भइरहेको पाइएको हो।

सर्लाहीको सदरमकाम मलंगवासहित जिल्लाको प्रमुख व्यापारीक केन्द्र बरहथवा , गोडैता , हरिऔन , लालबन्दी , हरिपर र इश्वरपुर लगायत ग्रामीण क्षेत्रमा मा खोलिएका औषधी पसलहरु सम्बन्धित निकायमा दर्ता बिना नै संचालन भईरहेको बरहथवाका राम एकवाल साहले बताएका छन् । कतिपय फार्मेसीहरु दर्ता भए पनि त्यस्ता पसलमा फार्मेसीको डिग्री लिएका व्यक्तिको साटो घरकै कुनै सदस्य र फार्मेसी सम्बन्धि कुनै ज्ञान नभएका ब्यक्तिहरुले औषधी विक्रिवितरण गरिरहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

औषधि सम्बन्धित ज्ञान नभएका ब्यक्ति पसलमा बस्दा ग्राहकलाई प्रेस्क्रिप्सनमा लेखेको औषधीको साटो अर्को औषधी दिएर पठाउने गरेका छन् । गलत औषधीका कारण बिरामीको रोग निको हुनुको साटो रोग झन बददै र अनावश्यक रकम को पनि खर्च बढेर जाने गरेको एक जना चिकित्सकले आफ्नो नाम नछाप्ने शर्तमा जानकारी गराएका छन्।

औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगंजका सूचना अधिकारी सरफराज अहमद खाँ सँग यश विषयमा जानकारी लिन सम्पर्क गर्दा उहाँले फार्मेसी दर्ता नभएको पसल भेटाएमा पसलमा शिलबन्दी गर्ने र फार्मेसी न पढेको व्यक्ति पसलमा फेला परेमा आवश्यक कारवाही गर्ने बताउनु भयो ।

अनुगमन टोलीले विहीवार नै बर्दीबासमा रहेको पिनाकल हाँस्पिटल प्रा . ली को औषधी पसलमा शिलबन्दी गरिसकेको उहाँले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: