Loktantra Khabar National Weekly
Ad

अनुभवको कमिले दक्षिण अफ्रिकासँग नेपालको हार, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

लोकतन्त्र खबर
२ असार २०८१

अनुभव तथा परिपक्ताको कमिले दक्षिण अफ्रिकासँग १ रनले नेपाल हारेपछि आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने नेपालको सम्भावना सकिएको छ ।

शनिबार बिहान भएको समूह डी को खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले हारेसँगै नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपाल श्रीलंकासँग भने खेल्नै पाएन । वर्षाका कारण खेल रद्द भयो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिका भने यसअघि नै लगातार तेस्रो जित हासिल गर्दै सुपर ८ मा पुगिसकेको छ । अब उसले समूह चरणमा अपराजित रहेर सुपर ८ खेल्नेछ । दक्षिण अफ्रिकाले १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन मात्र बनाउन सक्यो। सोमपाल कामी ८ रनमा नटआउट रहे । गुल्शन झा ६ रनमा रन आउट भए ।

एक समय हारनजिक पुगेको नेपाली टोलीलाई सोमपाल कामीले छक्का प्रहार गर्दै जितको आशा दिलाएका थिए । तर अन्तिम बलमा गुल्शन रन आउट हुँदा नेपालको सुपर ८ खेल्ने सपना अधुरै रहेको हो । तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराए पनि हार टार्न सकेनन् । २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका अनिल चौधौँ ओभरको चौथो बलमा आउट भए ।

चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए । १८औँ ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमाएको नेपालले अन्तिम बलमा आशिफ शेखलाई गुमाएको हो ।

४९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ बोल्ड आउट भए । दोस्रो ओभरको पाचौँ बलमा ओपनर आशिफ शेखले जीवनदान पाएका थिए। कागिसो रवाडाको बलमा क्याच छुट्टा जिवनदान पाएका थिए ।

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो । आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए। सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शून्य रनमै बोल्ड आउट भए ।

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो । आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए । त्यसअघि वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो ।

राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो समय नेपालका बलर हाबी भएका थिए। दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किए । कुशलले आफ्नो स्पेलमा १९ रन दिएर चार विकेट लिए ।

दीपेन्द्रले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने र अविनास बोहोरा विकेटविहीन रहे। दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनडिूकले सर्वाधिक ४३ रनको योगदान दिए । दीपेन्द्रले १६औँ ओभरको तेस्रो बलमा ओपनर हेनडिूकलाई आफैँले क्याच लिँदै आउट गराए । उनले ४९ बलमा ५ चौका र १ छक्का हाने ।

यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककलाई १० रन बनाउँदा आउट गरेका थिए । दीपेन्द्रलेले १८औँ ओभरको तेस्रो बलमा डेविड मिलरलाई ७ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए ।

कुशलले १४औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए । त्यसअघि कुशलले नै १२औँ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए ।

कुशलले नै मार्को जेसन र कागिसो रवाडालाई सस्तैमा आउट गरे । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब २७ रनमा अविजित रहे । सौजन्य नेपालखबर

प्रतिक्रिया दिनुहोस्: