Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीले भव्य रुपमा मनायो दोस्रो वार्षिककोत्सव

लोकतन्त्र खबर
८ असार २०८१

बखतियार अलि–
सर्लाही ७ असाढ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीले आफनो दोस्रो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाइएको छ । जिल्ला कार्य समिति सर्लाहीले साता व्यापी कार्यक्रमको आयोजना गरि दोस्रो स्थापना दिवस मनाएको हो ।

साता व्यापी कार्यक्रम अन्तरगत शुक्रबार मलंगवा स्थित कुसुम पार्टी पैलेसमा विशेष कार्यक्रमको आयोजना गरि दोस्रो स्थापना दिवस मनाएको मधेश प्रदेशका कोषाध्यक्ष चन्दन साह तेलीले जानकारी दिनुभयो ।

पार्टीका सर्लाही जिल्ला सभापती कमलेश साहको सभापतित्वमा शुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादवले भने २०८४ सम्ममा यो देशमा (रास्वपा) को आफनै बहुमतको सरकार बन्ने वहाले दाबी गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपसभापती पंचबहादुर सिंन्तानले राख्दै उपस्थित सबैजनालाई बधाई तथा शुभकामना व्यतm गर्नुभयो । कार्यक्रममा प्रदेश सदस्यहरु डा. ईन्द्रजित महतो, सन्जीव यादव, चन्दन सिंह राजपुत, सरिता दहाल, लगायतका नेताहरुको उपस्थिती रहेको थियो । साताव्यापी कार्यक्रम अनुसार सर्लाही जिल्ला भरिका पालिका तथा वडाहरुमा वृक्षारोपन, सरसफाई तथा रतmदान कार्यक्रमको आयोजना गरिएको जिल्ला सभापती कमलेश साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: