Loktantra Khabar National Weekly
Ad

खाना खाने बित्तिकै चिया पिउँदा के हुन्छ ?

लोकतन्त्र खबर
११ असार २०८१

कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् ।

कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन् । तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं ।

तपाईंलाई पनि खाना खाने बित्तिकै चिया पिउने बानी छ भने यसलाई तुरुन्तै परिवर्तन गर्नुहोस् । खाना खानेबित्तिकै चिया पिउने बानीले स्वास्थ्यमा असर पर्न सक्छ ।

खाना खाएपछि चिया पिउँदा पाचनतन्त्रमा नराम्रो असर पर्दछ । यस्तो नियमित गरिरहँदा भोजन सही ढंगले पच्न सक्दैन । जसले गर्दा एसिडिटी, ग्यास जस्ता समस्या हुन सक्छन् ।

खाना खाने बित्तिकै दुधको चिया पिउँदा शरीरमा बन्ने पाचक रसमा नराम्रो प्रभाव पर्छ ।

तपाईंलाई उच्च रक्तचापको समस्या छ भने भुलेर पनि खानापछि चिया नखानुहोस् । यसले रक्तचाप अझै बढ्ने सम्भावना हुन्छ ।

भोजन गरेको तुरुन्तै पछि चिया पिउँदा व्यक्तिलाई टाउको दुख्ने समस्या पनि हुन सक्छ । दिनभर तनाव महसुस हुनेछ ।

जसले गर्दा अनिद्राको समस्या पनि हुन सक्छ । तनावपूर्ण दिनपछि निद्रा नलाग्दा विस्तारै यसले शरीरमा अन्य शारीरिक तथा मानसिक समस्या पनि ल्याउन थाल्छ ।

भोजन गर्ने बित्तिकै चिया पिउँदा हाम्रो शरीरले जरुरी पोषक तत्व पाउँदैन । जसले गर्दा व्यक्तिको शरीरमा आइरनको कमी हुन सक्छ । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: