Loktantra Khabar National Weekly
Ad

बढेको सेयर बजारमा ५ अर्ब नाघ्यो कारोबार

लोकतन्त्र खबर
११ असार २०८१

फाइनान्स, माइक्रोफाइनान्स विकास बैंक समूह प्रतिशतभन्दा धेरै बढे

काठमाडौं असार १०, सोमबार सेयर बजारको परिसूचक नेप्से ३.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६६ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७ करोडको कारोबार भयो ।

१४२ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स सूचक सबैभन्दा धेरै २.११ प्रतिशत (५२ अंक) बढेको छ । त्यस्तै विकास बैंक १.५६ प्रतिशत (६३ अंक) तथा माइक्रोफाइनानस समूह १.२६ प्रतिशत (६१ अंक) बढे । हाइड्रोपावर समूह जम्मा ४.९ अंक बढ्यो ।

बैंकिङ ३, होटल तथा पर्यटन ११, जीवन बीमा १८, उत्पादन १४, निर्जीवन बीमा ९ र व्यापार समूह १२ अंक घटे । नेपाल फाइनानस र गणपति लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मकर जितुमायाको ७.२, शिवश्री हाइड्रोपावरको ६.९, आरम्भ चौतारी लघुवित्तको ६.३ तथा सिन्धु विकास बैंकको मूल्य ६.१ प्रतिशत बढ्यो ।

बुद्धभूमि हाइड्रोको मूल्य ७, समाज लघुवित्तको ३.७, अपरहेवाखोलाको २.८, पाँचथर पावरको मूल्य २.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा मेरो माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, पोखरा फाइनान्स, माउन्टेन इनर्जी र मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे ।अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: