Loktantra Khabar National Weekly
Ad

रातमा सिरानी नराखी सुत्दा देखिने परिवर्तन

लोकतन्त्र खबर
१२ असार २०८१

सुत्नेबेला अधिकांश व्यक्तिले सिरानी प्रयोग गर्छन् । तर, केही व्यक्ति यस्ता पनि हुन्छन् जो सिरानी नराखी सुत्छन् ।

सिरानी नराखी सुत्दा शरीरमा विभिन्न खालका परिवर्तन देख्न सकिन्छ । जानौं यसबारे ।

सिरानी नराखी सुत्नु फाइदाजनक मानिन्छ किनकि यसले तपाईंको डाढको हड्डी र टाउकोको पोजिशनलाई सिधा बनाउँछ । बिना सिरानी सुत्दा व्यक्तिको घाँटी सिधा दिशामा रहन्छ ।

सिरानी लगाएर सुत्दा अनुहारमा दबाब पर्छ र त्यसमा भएको धुलो तथा फोहोर, ब्याक्टेरिया छालामा टाँसिन्छन् जसले गर्दा समस्या हुन सक्छ ।

बिना सिरानी सुत्दा टाउकाको भागमा रगतको प्रवाह राम्रो हुन्छ । यसको फाइदा तपाईंको मानसिक स्वास्थ्यमा हुन्छ । जो व्यक्ति बिना सिरानी सुत्छन्, उनीहरुको स्मरण शक्ति राम्रो र मानसिक सन्तुलन सही रहन्छ ।

बिना सिरानी सुत्दा तनाव कम हुन्छ र निद्रा पनि गहिरो आउँछ । यसले तपाईंलाई गुणस्तरीय निद्रा लिन सहयोग गर्छ ।

जो व्यक्तिलाई कम्मरमा प्रायः दुखाई महसुस हुन्छ उनीहरुले पनि बिना सिरानी सुत्नु स्वस्थकर हुन्छ । यसरी सुत्दा कम्मरको दुखाईबाट पनि राहत पाउन सकिन्छ ।

सिरानी लगाएर सुत्दा टाउको तपाईंको मुटुभन्दा माथि हुन्छ । यस्तोमा शरीरको रक्तसंचारको सन्तुलन बिग्रन्छ । त्यसैले बिना सिरानी सुत्दा रक्तसञ्चार प्रक्रियामा पनि सुधार आउँछ । यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: