Loktantra Khabar National Weekly
Ad

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

लोकतन्त्र खबर
१३ असार २०८१

रूपन्देही प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा फरार रहेका अभियुक्तलाई २२ वर्षपछि पक्राउ गरेको छ।

२०५९ साल वैशाख १६ गतेको तत्कालीन पुनरावेदन अदालत बुटवलबाट दुई वर्ष १० महिना २९ दिन कैद सजाय फैसला भएका बलिराम लोधलाई २२ वर्षपछि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी मनोहर प्रसाद भट्टका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ का लोधलाई मंगलबार आफ्नै घरबाट पक्राउ गरिएको हो। पक्राउ परेका लोधलाई मंगलबार नै जिल्ला अदालत रूपन्देहीमा पेश गरिएको थियो।

जिल्ला अदालतले मंगलबार नै फैसला भएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार रूपन्देहीमा चलान गरेको डिएसपी भट्टले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: