Loktantra Khabar National Weekly
Ad

ओम बिरला बने भारतका सभामुख

लोकतन्त्र खबर
१३ असार २०८१

काठमाडौं  असार १२, ओम बिरला लोक सभाको सभामुख चुनिएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।

इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो ।

सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख चुनिए ।

कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: