Loktantra Khabar National Weekly
Ad

स्थानीय तहले सडक बत्तीको शुल्क किस्ताबन्दीमा बुझाउन पाउने

लोकतन्त्र खबर
१७ असार २०८१

काठमाडौं  असार १६, नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको छ । सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।

प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।

आइतबार जारी गरिएको सूचनामा किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: