बारा । बारामा २ सय १ केजी अवैध लागू औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठूलो इट्टवालका मनोजकुमार साहको घरमा लुकाइ राखेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी बाट अवैध लागू औषध गाँजा झारी कलैया तर्फ जादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले फलोअप गरेको थियो ।
प्रहरीले पिकअप लाई नियन्त्रणमा लिए पछी चालकले साहको घरमा गाडी बाट गाँजा झारेर आफुहरु फर्किएको बताएका थिए । प्रहरीले साहको घर बाट दुई सय एक केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
पक्राउ पर्नेमा पिकअप चालक धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने सुजन अधिकारी र सहचालक धादिङकै ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने रमेश नेपाली रहेका छन् । उनीहरु दुई जनालाई नियन्त्रणमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यात्रा डेली