Loktantra Khabar National Weekly
Ad

अमेरिकामा प्रहरी अधिकारीले गरे १३ वर्षीय किशोरको गोली हानी हत्या

लोकतन्त्र खबर
१७ असार २०८१

न्युयोर्कका एक प्रहरी अधिकारीले एक किशोरलाई गोली हानी हत्या गरेका छन्।

प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएको प्रहरी अधिकारीको दाबी छ। प्रहरीले १३ वर्षीय एसियाली पुरुषको रूपमा पहिचान गरेको किशोरलाई शुक्रबार राति रोकेपछि उनी भागेका थिए।

प्रहरीकाअनुसार ती किशोरले हतियार देखाएपछि एक अधिकारीले उनलाई गोली हानेका हुन्। उनको स्थानीय अस्पतालमा लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी अधिकारीले १३ वर्षीय किशोरलाई किन रोके भन्ने कुनै कारण खुलाइएको छैन। प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत संलग्न अधिकारी र किशोरको नाम खुलाइएको छैन।

युटिकाका मेयर माइकल पी ग्यालिमेले पुलिस ब्रिफिङपछि दोभाषेको सहयोगमा परिवारका सदस्यहरूसँग कुरा गर्ने प्रयास गर्दा किशोरकी आमा विचलित देखिइन्।

अमेरिकी मिडियाले उक्त किशोरको परिवार म्यानमारबाट आएका शरणार्थी भएको बताएको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: