Loktantra Khabar National Weekly
Ad

घरभित्र जुत्ता-चप्पल नलगाउनुको शास्त्रीय र वैज्ञानिक कारण

लोकतन्त्र खबर
१७ असार २०८१

शास्त्रहरुमा घर व्यवहार सम्बन्धी थुप्रै प्रकारका नियम बताइएको छ । जसलाई पालना गर्दा शुभ फल प्राप्त हुन्छ भन्ने मान्यता छ । साथै कतिपय नियममा वैज्ञानिक कारण पनि लुकेका छन् ।

यस्तै नियममध्ये एउटा हो घर भित्र चप्पल वा जुत्ता नलगाउनु । घरभित्र कहिल्यै पनि बाहिरका जुत्ता चप्पल लग्नु हुँदैन भन्ने मान्यता छ । अहिलेको समयमा घरभित्र पनि जुत्ता लगाउने चलन छ । तर, पहिले घर तथा भान्सामा जुत्ताचप्पल लगाउन कडा निषेध थियो ।

धार्मिक कारण

धार्मिक शास्त्रअनुसार घरको आँगनमा ब्रह्माको बास हुने मान्यता छ । घरमा हामीले मन्दिर पनि राख्ने गर्दछौं जसले गर्दा जुत्ता/चप्पल लगाउनु हुँदैन । घरको दराजभित्र लक्ष्मीको बास हुने मान्यता छ । घरको आँगन वा छतमा तुलसीको मठ स्थापित गरिएको हुन्छ ।

यस्तै कारणले घरलाई देव स्थानका रुपमा समान गरिन्छ । त्यसैले घरमा जुत्ता/चप्पल लगाउनु हुँदैन । घरभित्र जुत्ता/चप्पल लगाउँदा वास्तु दोष हुने पनि मान्यता छ । जसले गर्दा माता लक्ष्मी रुष्ट हुन्छिन् र आर्थिक समस्या उत्पन्न हुन्छ ।

वैज्ञानिक कारण

बाहिरको जुत्ता/चप्पल घरभित्र लग्दा फोहोर पनि सँगै जान्छ । जसले गर्दा रोग निम्त्याउने ब्याक्टेरिया फैलन्छन् । नकारात्मकता भित्र जान्छ । घरको सरसफाई गर्ने समय बच्दछ । जुत्ता चप्पलले गर्दा कार्पेट तथा भुईं पनि खराब हुन्छ । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: