Loktantra Khabar National Weekly
Ad

१३ वर्षीया छात्रामाथि बलात्कार आरोपमा शिक्षक पक्राउ

लोकतन्त्र खबर
१७ असार २०८१

खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका हुन्।

उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले सनिवार साँझ पक्राउ परेको हो।

प्रहरीले विद्यालयमा एउटा विद्यार्थी पीडित छ भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक हरी बरालले जानकारी दिए।

‘फागुनदेखि बालिकामाथि यौन शोषण हुँदै आएको अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘महिला सेलका प्रहरीले बालिकाको बयान लिने काम गरिरहेको छ।’

बालिकासँग सोधपुछ गरेसँग कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। साथसाथै जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: