Loktantra Khabar National Weekly
Ad

रविन्द्र जडेजाले पनि लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

लोकतन्त्र खबर
१८ असार २०८१

भारतका अल राउन्डर रविन्द्र जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

टी-२० विश्वकपको उपाधि जितेपछि जडेजाले पनि अन्तर्राष्ट्रिय टी-२० खेलबाट सन्यास लिएका हुन्।

यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए।

जडेजाले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा स्टाटस लेखेर आफूले सन्यास लिएको घोषणा गरेका हुन्।

‘धन्यवादले भरिएको हृदयका साथ, म टी-२० अन्तर्राष्ट्रियलाई बिदा गर्छु,’ जडेजाले लेखेका छन्, ‘देशका लागि आफ्नो तर्फबाट सँधै राम्रो योगदान दिने प्रयास गरेको छु र अन्य फर्म्याटका खेलहरूमा जारी रहनेछ।’

जडेजाले टी-२० अन्तर्राष्ट्रियमा ७४ खेल खेल्दा ५१५ रन बनाएका छन् भने ५४ विकेट लिएका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: