Loktantra Khabar National Weekly
Ad

वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छ: पर्यटनमन्त्री तामाङ

लोकतन्त्र खबर
१८ असार २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने बताएका छन्।

नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री तामाङले यस्तो बताएका हुन्।

‘निगम लामो इतिहास पार गर्दै आज ६७ औं वर्षमा प्रवेश गर्दैछ। यसले  इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नै अलग्गै छाप र पहिचान बनाउन सफल भएको छ,’ उनले भने, ‘अझै यसको अभिवृद्धि गर्न ठोस योजना बनाएर अघि बढ्न आवश्यक छ।’

२०१५ साल असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको राष्ट्रिय ध्वजावाहक तथा सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो।

हाल निगमका जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकसहित अन्तर्राष्ट्रिय मध्यम दुरीका कुल ३६ गन्तव्यहरूमा नियमित उडान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: