Loktantra Khabar National Weekly
Ad

अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ

लोकतन्त्र खबर
२० असार २०८१

कैलाली । कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १० का ३२ वर्षीय पुरुष,  बाजुरा जिल्लाका २१ वर्षीय युवती र कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय एक किशोरी रहेका छन् ।

पक्राउ परेका सबैको नाम र ठेगाना प्रहरीले गोप्य राखेको छ ।

पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: