Loktantra Khabar National Weekly
Ad

१६ सय बढ्यो सुन

लोकतन्त्र खबर
२१ असार २०८१

काठमाडौं असार २०, एकैदिन सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: