Loktantra Khabar National Weekly
Ad

टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै

लोकतन्त्र खबर
२१ असार २०८१

एजेन्सी । टी–२० विश्वकप विजेता भारतीय टोलीलाई आज मुम्बईमा भव्य स्वागत गरिने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई आज विजयी र्‍याली गराइने भएको हो ।

क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म विजय उत्सव मनाउँदै र्‍यालीमा सहभागी गराइने छ ।

वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: