Loktantra Khabar National Weekly
Ad

सेयर बजारमा साढे ६ अर्बको कारोबार, विकास बैंकमा आकर्षण

लोकतन्त्र खबर
२१ असार २०८१

काठमाडौं  असार २०, साता कारोबारको अन्तिम दिन बिहीबार झण्डै ६ अर्बको धितोपत्र कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४८ करोडको कारोबार भयो ।

नेप्से परिसूचक पनि अघिल्लो दिनको तुलनामा १५.४६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २११९ अंकमा कायम भएको छ । कुल १४८ कम्पनीको मूल्य बढ्दा ९३ को घट्दा ६ को स्थिर रह्यो ।

यस दिन विकास बैंक समूहमा आकर्षण देखियो । सो समूहको सूचक सबैभन्दा धेरै ३.४३ प्रतिशत (१४५ अंक) बढ्यो । बैंकिङ ५, होटल तथा पर्यटन ९३, हाइड्रोपावर ५, जीवन बीमा १९७, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ६२, अन्य २ र व्यापार समूह १५ अंक बढे । उत्पादन ९ र फाइनान्स समूह १५ अंक घटे ।

आखुखोला जलविद्युत कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.२३, आरम्भ चौतारी लघुवित्तको ७.३३, सांग्रिला विकास बैंकको ६.४, एक्सल डेभलपमेन्ट बैंकको ६, हिमालय ऊर्जा विकास बैंकको ५.६, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.६ प्रतिशत मूल्य बढ्यो ।

मैलुङखोला जलविद्युतको ९.३७, दोर्दीखोला जलविद्युतको ४.७५, जानाकी फाइनान्सको ३.७, न्यादी हाइड्रोपावरको ३.२५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, महालक्ष्मी विकास बैंक, सप्तकोशी विकास बैंक र मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: